back
NMB ad

बैशाख १८ गतेसम्म माग पूरा नभए ४ हजार ईन्जिनियरले राजीनामा दिने

Kumari bank ad

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चरणबद्व आन्दोलन घोषणा गरेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले खाईपाई आएको भत्ता र असार मसान्तसम्ममा सकिन लागेको समयसिमा थपगर्नु पर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

कार्यक्रममा प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष ई. अविनाश अमरले सरकार समक्ष प्राविधिकहरुको सकिन लागेको दरवन्दीको समयसिमा थप गर्न जोडदार माग गनुभयो ।

प्राविधिकलाई राज्यले दायित्व भन्दापनि सम्पत्ति सोचेर व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई थियो । ‘प्राविधिकहरु खुशीभए सारा देश र जनताहरु खुशीहुन्छन् ।’ अध्यक्ष अमरले भन्नुभयो,‘सरकारले प्राविधिक चाहीदैन भनेर दरबन्दी कटौती गर्नु दुःखद् कुरा हो ।’

त्यस्तै, नेपाल इन्जिनियरिङ एशोसियशनका आगामी ३३आंै कार्यकारी समितिका महासचिव पदका प्रत्यासी डा. शंकर ढकालले ५ वर्ष बढि भन्दा कार्य अनुभव बटुलेका प्राविधिकहरुको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । प्राविधिकहरुलार्इ तिरस्कृत नगरेर उनीहरुले राखेका जायज माग पुरा गर्नुपर्ने उहाँको भनाई थियो ।

सोही अवसरमा नेपाल इन्जिनियरिङ एशोसियशनका आगामी अध्यक्षपदकाअर्का प्रत्यासी ई डा. दिलिपकुमार झाले इन्जिनियरिङ एशोसियशनले पनि प्राविधिकहरुलाई स्थान दिन नसकेको बताउनुभयो ।

प्राविधिकहरुले उठाएको मागहरुमा सरोकारवाला तथा एशोसियन पनि प्रतिबद्व हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चुनावी एजेण्डामा मात्र नभएर कार्यान्यन तिर लाग्नुपर्ने बताउनुभयो ।

त्सैगरि महासचिव उम्मेवारका प्रत्यासी ई. डा. कृष्णसिंह बस्नेतले २०७२ सालको महा विनाशकारी भुकम्प र त्यसपछिको पराकम्पले पुर्याएको क्षतिलाई मुर्त रुप दिन प्राविधिकहरु लागि परेको भन्दै उनीहरुको माग यथासिघ्र पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव उम्मेदवारका अर्का प्रत्यासी ई. अमृतमणि रिमालले प्राविधिकहरुलाई सेवा प्रवेश गराइदाँदेखि नै उपलब्ध गराउने भनिएको अतिरिक्त सुविधा, दुर्गम क्षेत्र निर्धारण र प्रोत्साहनको लागि मापदण्ड बनाउने भनिदिएको आश्वासन पुरा गर्नुपर्ने बताउनुभयो ।

इन्जिनियरिङ एशोसियशनका अध्यक्ष उम्मेदवार पदका प्रत्यासीहरु ई. डा. हरिराम पराजुली, ई. डा.सुरज लामिछाने, ई. डा. हरिबहादुर दर्लामी लगायतले प्राविधिकहरुको जायज माग पुरा गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

उहाँहरुले घोषणा गरेको चरणबद्व आन्दोलनहरु बैैशाख १३ र १४ गते कालोपट्टी बाँधेर कार्य क्षेत्रमाकाम गर्ने, बैशाख १५, १६ र १७ गते कार्यक्षेत्रमा उपस्थित भई ‘पेन–डाउन’गर्ने र १८ गते सम्पुर्ण प्राविधिकहरुले औपचारिक कार्यक्रम मार्फत राजीनामा दिने रहेको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १८:१३ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...