काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा आईपुग्दा प्रभु बैंकले २ अर्ब १० करोड ९६ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४४.०८ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ४६ करोड ४१ लाख ६१ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाउन सहयोग गरेको देखिएको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५९ करोड ३९ लाख ३७ हजार रुपैयाँ रिहेको छ ।
बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.६० प्रतिशतले बढी हो । यस्तै सञ्चालन मुनाफा पनि ४६.८५ प्रतिशतले बढेर ३ अर्ब ५ करोड ६४ लाख ८८ हजार रुपैयाँ पुगेको छ । ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब २७ करोड ३५ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब ६३ अर्ब ७८ करोड १० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३४ अर्ब ३० करोड ३७ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.९५ प्रतिशतबाट घटेर १.४८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ८६ पैसा रहेको छ ।
वि.सं.२०७८ वैशाख १३ सोमवार ११:१८ मा प्रकाशित