काठमाडौं । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा कारोबार सेवाले ९.४३ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ ।
केन्द्रिय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको तथ्याङ्कको आधार बनाएर उक्त अनुमान गरेको हो । यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ मा २.६४ प्रतिशतले बढ्ने विभागले प्रारम्भिक अनुमान गरेको हो ।
वि.सं.२०७८ वैशाख १७ शुक्रवार १९:२८ मा प्रकाशित