काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
आइतबार ९० हजारमा कारोबार भएको सुन आज बढेर ९० हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज तेजावी सुनको मूल्य ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर १३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १२ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ वैशाख २० सोमवार १०:४९ मा प्रकाशित