back
NMB ad

विशिष्टिकृत लगानी कोषको संचालन गर्न छानिए ५ कम्पनी, पूर्वाधार तयार गर्न सेबोनको निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमतिका लागि पाँच वटा संगठित संस्थालाई पूर्वाधार तयार गर्न निर्देशन दिएको छ ।

बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमतिपत्र प्राप्त गर्न बोर्डमा नौ संगठित संस्थाले निवेदन दिएका थिए ।

आवेदन दिने नौ वटा बाट उक्त नियमावली बमोजिमको आवश्यक कागजात तथा विवरण पेश गर्ने ग्लोवल इक्विटी फण्ड, लक्ष्मी क्यापिटल मार्केट, एनआइविएल एस क्यापिटल, एनआइसी एशिया क्यापिटल र एनएमबी क्यापिटललाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको छ ।

धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको बोर्डले जनाएको छ ।

प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न र नयाँ व्यवसायमा सहयोग गर्ने बोर्डको अपेक्षा रहेको छ ।

उद्यमहरुलाई शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न सकिने भएकोले यस किसिमको कोषको स्थापना र संचालनले पूँजी बजारको दायरा फराकिलो हुने, पूँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग हुने बोर्डले जनाएको छ ।

यस्तै नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने देखिएको छ । नेपालमा पहिलो पटक विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालन गर्नका लागि यस्ता कोष व्यवस्थापकलाई अनुमति प्रदान गर्न लागिएको बोर्डको तर्क छ ।

नेपालको पूँजी बजारमा हाल सेयर, डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको जनाएको छ ।

वि.सं.२०७८ वैशाख २० सोमवार १४:११ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...