back
NMB ad

अवकाशप्राप्त चिकित्सकलाई एक वर्ष करारमा भर्ना गर्ने, फ्रन्ट लाइनमा काम गर्नेलाई ५० % जोखिम भत्ता

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताउनु भएको छ । उहाँले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन एक वर्षका लागि करारमा भर्ना गर्न लागेको जानकारी गराउनु भएको हो ।

उहाँले कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ बताउनु भएको छ ।

सोमबार सम्बोधन गर्दै प्रम ओलीले जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी २४ सैं घण्टा अनुगमन र निगरानी गरिने तथा मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिने जानकारी गराउनु भयो ।

सङ्क्रमणको साङ्लो तोड्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहने र महामारी नियन्त्रण भएसंगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने जानकारी गराउनु भयो ।

जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्नेछन् । परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने समेत जानकारी गराउनु भयो ।

वि.सं.२०७८ वैशाख २० सोमवार १७:५६ मा प्रकाशित

You can share this post!

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...