back
NMB ad

आठ कम्पनीको सेयर मूल्यमा उछाल : यी हुन् आज कमाउने र गुमाउने प्रमुख कम्पनीहरु (सूचीसहित)

Kumari bank ad

काठमाडौं । साताको बिहीवार विभिन्न आठ कम्पनी सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढको छ । बाँकी ६ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले बढको छ ।

उक्त दिन जनउत्थान सामूदायिक लघुवित्त विकास बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । प्रतिकित्ता २६१ रुपैयाँले वृद्धि भई जनउत्थान लघुवित्तको सेयर मूल्य ३ हजार ९७२ रुपैयाँ पुगेको छ । यस्तै, खानीखोला हाइड्रोपावरको १६५ रुपैयाँ पुगेको छ ।

बिहीवार पनि ९.९९ प्रतिशतले बढेको महिला लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५ हजार ३० रुपैयाँ पुगेको छ । यस्तै, आज समता घरेलु लघुवित्त वित्तीय संस्था, रुरु जलविद्युत परियोजना, युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

यी कम्पनीसहित आज लक्ष्मी बैंक, डिव्याश्वरी हाइड्रोपावर, रिधी हाइड्रोपावर, एचआईडीसीएल लगातका लगानीकर्ताहरुले कमाएका छन् ।

यस्तै, आज विशाल बजार कम्पनीको सेयर मूल्य नकरात्मक सर्किट लागेको छ । बिहीवार १० प्रतिशतले सेयर मूल्य घटेको उक्त कम्पनीको प्रतिकित्ता ६ हजार ७१६ रुयैयाँ पुगेको छ ।

उक्त दिन सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य पनि ९.०७ प्रतिशतले घटेको छ । यी दुई कम्पनीसहित आज नाङ्दी गु्रप पावर, सिनर्जी पावर, कालिका पावर, शिव श्री हाइड्रो, आशा लघुवित्त, युनिभर्सल पावर, हिमाल दोलखा हाइड्रोपावर लगायतको कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७८ वैशाख २३ बिहीवार १६:३८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...