back
NMB ad

संकटमा सरकारलाई नीजि क्षेत्रको साथ : सिएनआईद्वारा २ सय थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

परिसंघले आफ्नो सदस्य संस्था होङ्शी-शीभम सिमेन्ट मार्फत स्वास्थ्य मन्त्रालयलाई २ करोड रुपैयाँ बराबरको उक्त सामाग्रिहरु हस्तान्तरण गरेको हो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभाव भएको समयमा उपलब्ध सामाग्रिहरुले अक्सिजन शिलिन्डरको विकल्पका रुपमा राहत हुने विचार व्यक्त गर्नुभयो । सामाग्रि हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले राष्ट्र संकटमा रहेको बेला निजी क्षेत्र सरकारसंगै रहेको बताउनुभयो ।

कोभिड–१९को दोस्रो लहरसंगै देशका अधिकांश स्थानहरुमा निशेधाज्ञा जारी भएको अवस्था छ । दिनप्रतिदिन विरामीहरुकोचाप बढ्दै गईरहेको छ । अस्पतालहरुमा बेडको चरम अभावदेखापर्दै गएको छ । त्यस्तै कोभिडका विरामीहरुलाई अत्यावश्यक मानिएको अक्सिजन तथा अक्सिजन शिलिन्डरको समेत अभाव भईरहेको छ ।

यस्तो आपतकालीन परिस्थितिसंग जुध्न परिसंघले यस अघि नै उद्योगहरुमा रहेको अक्सिजन शिलिन्डरहरु सरकारलाई उपलब्ध गराउन सवैलाई आह्वान समेत गरिसकेको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १९:०९ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...