काठमाडौं । वैशाख ६ गतदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ः०.५ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गरेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल जनाएको छ ।
हकप्रद सेयरमा आवेदन दिँन धितोपत्र बोर्डबाट सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइने छ भने मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ ।
यस्तै मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका साथै मुक्तिनाथ विकास बैंकको पोखरा,इलाम, इटहरी, नारायणगढ, सुर्खेत, जनकपुर, नेपालगंज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।
वि.सं.२०७८ जेठ २ आइतवार १०:४० मा प्रकाशित