back
NMB ad

अक्सिजन सिलिन्डरको सफल परीक्षण, व्यावसायिक उत्पादन गर्न अनुमति दिने सरकारको तयारी

Kumari bank ad

ललितपुर । नेपाल विज्ञान तथा प्रबिधि प्रतिण्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ ।

कोरोना महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको समया नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको शुभारम्भ गर्नुभयो यो ।

नाष्टको बैज्ञानिकसंग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नाष्टले सफल परीक्षण गरेको हो । अब नेपालले प्रेसर धान्न सक्ने लिनिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाकी छ, केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसंग छलफल गरी व्यावयासीक उत्पादन गर्न अनुमति दिनेछौ ।

उहाँका अनुसार नेपालमा पाईने सिलिन्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ । ‘नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्नानीटाइजर, धुनमिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गर्नुभयो ‘उहाँले भन्नुुभयो ‘अब सिलिन्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रबिधिको सफल परीक्षण गरेर महत्वपुर्ण काम गर्नुभएको छ ।’

उहाँले अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपुर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउनुभयो । मन्त्री श्रेष्ठले नाष्टले अझै धेरै आविष्कार गर्न बाकी रहेको बताउदै त्यसकोे लागि सरकारको पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सफल परीक्षण भएको सिलिन्डर वैज्ञानिक शंकर ढकालको समुहले तयार गरेको हो ।

सिलिन्डरमा ग्यासको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दवाव २३५ बार सम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्यसमस्या आएको थियो । अन्तिम परीक्षण गर्न बाँकी रहेको प्रबिधि संकाय प्रमुख रविन्द्र ढकालले बताउनुभयो ।

नाष्टका बैज्ञानिकले नेपाल यस्तो सिलिन्डर निर्माण हुने गरेको छैन भने आयातित सिलिन्डरको गुणस्तर परीक्षण समेत हुने गरेको छैन । ।
मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भन्नुभयो ‘विगतमा अस्पताल सञ्चालन अनुमति दिँदाअक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।

उहाँले अस्पताललाई आवश्यक पर्ने अक्सिजन अन्य निकायमा बढी खपत भएको कारण समस्या बढेको बताउँदै भन्नुभयो ‘अब सबै निकायबाट अक्सिजन सिलिन्डर ल्याएका छौ, अब समस्याको समाधान हुदै जानेछ ।’

नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइलभ्यानतयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताउनुभयो । उहाँले नाष्टले कोभिड नियन्त्रणकोलाई महत्वपुर्ण काम गरिरहेको दाबी गर्दै भविष्यमा अन्य कार्य अघि बढाईने जानकारी दिनुभयो । उहाले अब नाष्टलाई स्मार्ट नाष्ट बनाउने गरी कार्ययोजना अघि बढाईएको जानकारी दिनुभयो ।

विज्ञान सचिव डा सञ्जय शर्माले विज्ञान नवप्रवर्तक तीतिलाई कार्यान्वयनमा ल्याउनासाथा प्रबित्रि क्षेत्रले ठुलो फड्को मार्ने बताउनुभयो । उहाले भन्नुभयो–विज्ञानको विकासले मात्र सम्वृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक हुने दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले नाष्टका वैज्ञानिकले तयार गरेको स्याटेलाईटले नेपालको सान बढाएको बताउदै यस्ता वैज्ञानिकलाई सरकारले प्रोत्साहित गर्ने उल्लेख गर्नुभयो ।

वि.सं.२०७८ जेठ ४ मंगलवार १८:०० मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...