back
NMB ad

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न अर्थले दियो डेढ करोड

Kumari bank ad

काठमाडौं । स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्नका लागि अर्थ मन्त्रालयले डेढ करोड विनियोजन गरेको छ ।

कोभिड–१९ को दोस्रो लहरका कारण स्याङ्जा जिल्ला पनि कोभिडको अत्यधिक मारमा परेपछी त्यहाँ अक्सिजन प्लान्टको सुनिश्चितताका लागि कृषिमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेटको व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गर्नुभएको थियो ।

सोही अनुसार अर्थ मन्त्रालयले स्याङ्जा अस्पताल स्याङ्जामा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।

कोरोनाको महामारीले सबैतिर प्रभावित गरिरहेको सन्दर्भमा गृहजिल्ला स्याङ्जाका जनताको जीवन सुरक्षाका निम्ती अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

‘जनस्वास्थ्यको सुरक्षा, आजको अपरिहार्यता कोभिड-१९ को दोस्रो लहरले जनताको जीवनमाथि नै चुनौति सिर्जना गरेको बेला प्राणवायु अक्सिजन अहिलेको आधारभुत आवश्यकता बनेको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘यसै कुरालाई मध्यनजर गरी अब जुनसुकै बेला स्याङ्जामा पर्याप्त अक्सिजनको सुनिश्चितताका लागि अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट १ करोड ५० लाख रकम विनियोजन भइसकेको जानकारी गराउँदछु ।’

वि.सं.२०७८ जेठ ४ मंगलवार १८:४१ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...