back
NMB ad

महासंघको स्वास्थ्य सहायता अभियानबाट ८ सय भन्दा बढीले लिए सेवा

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमित बिरामीको सहयोगका लागि सुरु गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्रबाट ८ सय भन्दा बढीले लाभ लिएका छन् ।

जेठ ६ गतेसम्मको तथ्यांक अनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट साढे ५ सय भन्दा बढी कोभिड संक्रमित बिरामीहरूले डाक्टर बाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिव २५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका छन् । वैशाख २६ बाट शुरू भएको हेल्लो डाक्टर मार्फत भाइबरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले बिरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् ।

कोरोना संक्रमित बिरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएका छन् । महासंघले संचालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई राहत पुग्न गएको छ ।

कोभिड सहायता केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीहरूदेखि भर्खर कोभिड संक्रमण भएकासम्मले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रका तर्फबाट हालसम्म डेढ वर्षको बच्चा देखि ८९ वर्षसम्मका जेठ नागरिकलाई सेवा दिइएको छ ।

सहायता केन्द्रले वैशाख २४ गतेबाट काम थालेको थियो । केन्द्रमा दैनिक सरदर १६÷१७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रमा मुलुकका सबै भागबाट सहयोगका लागि आग्रह भई आएको छ ।

मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले हेल्लो डाक्टर र कोभिड सहायता केन्द्र स्थापना गरिएको हो । सहायता केन्द्रबाट अस्पताल÷आइशोलेशन केन्द्र सहजीकरण, अक्सिजन सिलण्डिर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा सहयोग÷समन्वय भैरहेको छ ।

कोभिड संक्रमण जटिल हुंदै गई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुरयाउन, अस्पतालमा अक्सिजन सहितको आइसियू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिन सिलिण्डर भर्न समस्या परेका, अक्सिजन सहितको सिलिण्डर, आइशोलेशन केन्द्र, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको छ ।

एम्वुलेन्स सहयोग खोज्नेका लागि व्यवस्थापन गरिदिने, अस्पतालमा भेन्टिलेटर, आइसियू सहितको बेड नपाउनेहरूका लागि सकभर नजिकको अस्पतालमा व्यवस्थापन गरिदिने, प्लाज्माको लागि पहल गरिदिने, अक्सिजन नपाएकालाई अक्सिजनको प्रवन्ध गरिदिने, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि खोजेकालाई सकभर नजिकको स्थानबाट त्यस प्रकारका औषधि किन्ने प्रवन्ध मिलाई दिने, कोभिड संक्रमण भई घरमा वस्ने ठाउं नपाएका निम्न आय भएका परिवारका सदस्यलाई खानपान र औषधिको उचित व्यवस्था सहितको आइशोलेशन केन्द्र मिलाई दिने, डाक्टरहरूसंग स्वास्थ्य परामर्शको उचित व्यवस्थापन गरिदिने लगायतको कार्यमा सहायता केन्द्र जुटिरहेको छ ।

आइशोलेशन नपाएकाहरूलाई महासंघले आफैले क्षेत्रपाटी र कमलपोखरीमा संचालन गरेको आइशोलेशन केन्द्रमा राख्ने प्रबन्ध मिलाई रहेको छ भने स्वास्थ्य परामर्शका लागि महासंघ आफैले संचालनमा ल्याएको हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिइरहेको छ । महासंघले संचालन गरेको आइशोलेशनका लागि महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूले औषधि, स्वास्थ्य उपकरण÷सामग्रीहरू सहयोग गरेका छन् ।

कोभिडको दोस्रो लहरको संक्रमण अत्याधिक बढ्न जादा मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने भएपछि आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा केही सहयोग गर्न सकियोस भनेर महासंघले कोभिड सहायता केन्द्र स्थापना गरेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सहायता केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरिरहनु भएको छ । कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी दिइएकाे छ ।

अक्सिजन सिलिण्डर व्यवस्थापनतर्फ महासंघका उपाध्यक्ष रामचन्द्र संघई र कार्यकारिणी समिति सदस्य शौरभ ज्योति, अस्पताल आइशोलेशन केन्द्र सहजीकरणतर्फ कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, पूर्व कास रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई. देश बन्धु वस्नेत(अजित), बाबुकाजी कार्की, डा. केयुर गौतम र एम्बुलेन्स व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य रंजितराज आचार्यले समन्वय गरिरहनु भएको छ ।

त्यसैगरी औषधि मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरू प्रवलजंग पाण्डे र भक्त बहादुर हमाल, होटल, हवाई तथा यातायात व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ज्योत्सना श्रेष्ठ, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, पर्यटन समितिका सदस्य विनोद सापकोटाले समन्वय गरिरहनु भएको छ ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार १७:१३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...