back
NMB ad

एनसेलद्वारा सरकारी अस्पताललाई १५० थान अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

Kumari bank ad

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सरकारलाई १५० थान भन्दाबढि अक्सिजन कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले १५० थानभन्दा बढि पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गरेको हो । कोरोना भाइरस रोगबाट संक्रमित बिरामीहरुको रगतमा अक्सिजन लेबल कम हुने भएकोले त्यस्ता बिरामीका लागि उक्त सहयोग गरेको जनाएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लाका अस्पतालहरुमा कन्सन्ट्रेटर्स हस्तान्तरण गर्नु भएको हो ।

‘एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौं । अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभयो ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामीभई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवनब चाउन योगदान दिनेछ र साथै जिल्लास्तरका अस्पतालहरुको चिकित्सा पुर्वाधार विकासमा सहयोग पुर्याउने छ ।’

‘देशका जनताहरुलाई सेवा प्रदानगर्ने हाम्रो कार्यलाई निरन्तरता दिदैं यस महामारीको समयमा अमुल्य जीवन बचाउँन सहयोग पुर्याउने हेतुले हामी अस्पतालहरुलाई १५० थानभन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्दैछौं’ एनसेलका सिइओ चोङ्ले भन्नुभयो ‘एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा महामारी शुरु भए लगतै गतवर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गर्यौं ।’

कोभिड प्रतिकार्य अन्तर्गत नै धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवापनि शुरु गरिसकेका उहाँको भनाइ छ । यसले २४ सै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहँु स्वास्थ्य परामर्श प्रदान गरेको छ ।
एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोनगरि कोरोना भाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिन्छ ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार १९:११ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...