काठमाडौं । सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आजका लागि ९३ हजार ७ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजावी सुन ९३ हजार २ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य उकालो लागेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको हो । आजका लागि तोलाको १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ जेठ १० सोमवार १०:५४ मा प्रकाशित