back
NMB ad

नेपालमा भित्रियो ६ अर्ब बढीको ल्यापटप, कुन देशबाट कति ?

Kumari bank ad

बिक्रम सुनार

काठमाडौं । नेपालमा ६ अर्ब २ करोडभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा ६ अर्ब २ करोड ४६ लाख ३९ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक नेपाल भित्रिएको हो ।
विभागका अनुसार बैशाख मसान्तसम्म विश्वका विभिन्न ५० मुलुकहरुबाट १ लाख ८ हजार ५३१ थान ल्यापटप तथा नोटबुक नेपाल आयात भएको देखिएको छ ।

चालु आवको पहिलो महिना अर्थात साउनमा ४० करोड ४६ लाख ३१ हजार रुपैयाँ बराबरको ७ हजार ६८६ थान ल्यापटप तथा नोटबुक आयात भएको थियो ।

यसको तुलनामा बैशाख मसान्तसम्म ल्पापटप तथा नोटबुक आयात ह्वात्तै बढेको हो । भन्सार विभागका अनुसार यो हालसम्मकै उच्च हो ।पछिल्लो समय कोरोना महामारीका काराण जारी लकडाउन तथा निषेधाज्ञाका कारण सबै कार्यालय तथा शैक्षिक गतिविधि डिजिटल मार्फत संचालन हुने भएकाले आयात बढेको विभागले जनाएको छ । महामारीका कारण नेपालमा ल्यापटपको आयात बढेसंगै मूल्य पनि वृद्धि भएको छ ।

चैत महिनाको तुलनामा भने १७.५१ प्रतिशतले आयात बढेको विभागले जनाएको छ । चैत महिलनासम्म ५ अर्ब १२ करोड ६६ लाख ७३ हजार रुपैयाँ बराबरको ९२ हजार ९७३ थान नेपाल भित्रिएको थियो ।

नेपालमा सबैभन्दा धेरै छिमेकी मुलुक चीनबाट आयत हुने गरेको छ । पछिल्लो १० महिनामा चीनबाट ५ अर्ब ६१ करोड ५२ लाख ८४ हजार रुपैयाँ बराबरको १ लाख १ हजार ९१३ थान ल्यापटप तथा नोटबुक आयात भएको भन्सार विभागले जनाएको छ ।

वैशाखमसान्तसम्म चीनपछि मलेशियाबाट सबैभन्दा धेरै आयात भएको देखिएको छ । उक्त देशबाट १६ करोड ६५ लाख ३५ हजार रुपैयाँ बराबरको २ हजार ९६९ थान आयत भएको विभागले जनाएको छ ।

पछिल्लो १० महिनाको अवधिमा सिंगापुरबाट ६ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरको ९१३ थान, अमेरिकाबाट ३ करोड २७ लाख ८१ हजार रुपैयाँ बराबरको ४०७ थान, जापनबाट १ करोड २३ लाख ६४ हजार रुपैयाँको १९४ थान, कोरियाबाट १ करोड ७२ लाख ९० हजार रुपैयाँ बराबरको १८९ थान र इन्डोनिशियाबाट १ करोड ४० लाख २४ हजार रुपैयाँ बराबरको १४३ थान ल्यापटप तथा नोटबुक आयात भएको छ । नतोकिएको भनेर ५ करोड ६८ लाख ३४ हजार रुपैयाँ बराबरको ८५५ थान ल्यापटप तथा नोटबुक आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा देशसहित भेटनाम, थाइल्याण्ड, हङकङ, यूएई, ताइवान्, अष्ट्रेलिया, पोल्याण्ड, भारत, बेलायत, जर्मनी, फिलिपिन्स, कुवेत, क्यानडा लगायतका अष्ट्रेलिया, पोल्याण्ड, भारत, बेलायत, जर्मनी, फिलिपिन्स, कुवेत, क्यानडा लगायतका मुलुकहरुबाट आयात हुने गरेको विभागले जनाएको छ ।

वैशाख मसान्तसम्म ११ देशहरुबाट एक एक थान मात्र ल्यापटप तथा नोटबुक आयात भएको देखिएको छ ।

वि.सं.२०७८ जेठ १० सोमवार १४:११ मा प्रकाशित

You can share this post!

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:३४

दमौली (तनहुँ), ३० वैशाख : तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय...

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:२४

काठमाडौँ, ३० वैशाखः   प्रधानमन्त्री    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता...

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:१६

चितवन, ३० वैशाखः भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको...

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०६

लस एन्जलस, ३० वैशाख : अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस...

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०१

दिलकुमार लिम्बु फुङ्लिङ (ताप्लेजुङ), ३० वैशाखः ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण...

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह   

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह   

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:५१

काठमाडौँ, ३० वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले...