back
NMB ad

कोरोना महामारीमा नेपालीले लगाए २० करोडको स्मार्ट घडी, सबैभन्दा बढी चाइनिज

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा २० करोड बढीका स्मार्ट घडी आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । उक्त अवधिमा विश्वका करिव डेढ दर्जन मुलुकहरुबाट २० करोड ७ लाख ७९ हजार रुपैयाँ बराबरको स्मार्ट घडि नेपाल भित्रिएको हो ।

विभागका अनुसार बैशाख मसान्तसम्म १ लाख २३ हजार ६२ थान स्मार्ट घडि आयात भएको छ । नेपालमा चीन, भारत, जापान, अमेरिका, भेटनाम, हङकङ, कोरिया, बेलायत, कतार, अष्टे«ेलिया, फ्रान्स, नेदरल्याण्ड, पोर्चुगल लगायतका देशहरुबाट आयात भएको विभागले जनाएको छ ।

१० महिनाको अवधिमा सबैभन्दा धेरै चीनबाट आयात भएको छ । उक्त देशबाट १ लाख १७ हजार ८२१ थान स्मार्ट घडि आयात भएको हो । जुन, १५ करोड १७ लाख १७ हजार रुपैयाँ बराबरको रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरि भेटनामबाट ४ करोड ८ लाख २३ हजार रुपैयाँ बराबरको १ हजार २९९ थान र भारतबाट ४३ लाख ५३ हजार रुपैयाँ बराबरको ३ हजार ६३६ थान स्मार्ट घडि आयात भएको छ ।

बैशाख मसान्तसम्ममा सबैभन्दा थोरै रकमको इज्रायलबाट आयात भएको छ । उक्त देशबाट ३ हजार रुपैयाँ बराबरको तीन थान र फ्रान्स, नेदरल्याण्ड, न्यूजिल्याण्ड र पोर्चुगलबाट १/१ थान आयात भएको विभागले जनाएको छ ।

कुन देशबाट कति आयात ?

वि.सं.२०७८ जेठ ११ मंगलवार ११:०९ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...