back
NMB ad

झण्डै १ अर्बको ४ लाख २१ हजार थान बिजुली मिटर आयात : सबैभन्दा बढी चाइनिज, कुन देशबाट कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा ४ लाख थान भन्दी बढी बिजुलीको मिटर आयात भएको छ ।नेपालमा बैशाख मसान्तसम्म करिव १ अर्ब रुपैयाँ बराबरको बिजुलीको मिटर आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको बैशाख मसान्तसम्म तथ्याङ्कले यस्तो देखाएको हो । विश्वका ६ मुलुकहरुबाट ९५ करोड ४४ लाख ४ हजा रुपैयाँ बराबरको ४ लाख २१ हजार २४१ थान बिजुलीको मिटर आयात भएको भन्सार विभागले जनाएको छ ।

चालु आवको चैत मसान्तसम्म भने ८५ करोड ८१ लाख ५९ रुपैयाँ बराबरको ३ लाख ७९ हजार ६९६ थान मिटर आयात भएको विभागले जनाएको छ ।नेपालमा छिमेकी मुलुक चीन र भारत, अमेरिका, जर्मनी, ताइवान र थाइल्याण्डबाट आयात भएको हो ।

जसमध्ये सबैभन्दा बढी मिटर चीनबाट आयात भएको छ ।बैशाख मसान्तसम्म चीनबाट ८३ करोड ४९ लाख १ हजा रुपैयाँ बराबरको २ लाख ७९ हजार ३६३ थान बिजुलीको मिटर आयात भएको छ ।

उक्त अवधिमा भारतबाट १ लाख ४१ हजार ८४७ थान मिटर आयात भएको विभागले जनाएको छ । भारतबाट १० करोड ५७ लाख १८ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

विभागको तथ्याङ्क अनुसार अमेरिकाबाट २३ थान मिटर १ करोड ८ लाख २५ हजा रुपैयाँ बराबरको आयात भएको देखिएको छ ।

त्यस्तै, जर्मनीबाट २८ लाख ९६ हजार रुपैयाँ बराबरको ५ थान, ताइवान्बाट ६४ हजार रुपैयाँ बरारबको २ थान र थाइल्याण्डबाट एक हजार रुपैयाँ बराबरको १ थान बिजुलीको मिटर आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ जेठ १२ बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...