काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल बजारमा सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ ९४ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन अर्थात शुक्रवार ९३ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
शुक्रबार ९३ हजार ३ सय रुपैयाँ कायम भएको तेजावी सुनको मूल्य आजका लागि भने ९३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले उकालो लागेको हो । शुक्रवार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १३ सय ५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ जेठ १६ आइतवार १०:४६ मा प्रकाशित