back
NMB ad

कोरोनाले बढायो फेश सिल्डको माग, साढे ८ करोड बढीको आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा साढे ८ करोड बढीको फेश सिल्ड आयात भएको छ ।

भन्सार विभागका अनुसार बैशाख मसान्तसम्म ८ करोड ५८ लाख ५६ हजार रुपैयाँ बराबरका मेडिकल सर्जिकल फेश सिल्ड तथा अन्य फेश सिल्ड आयात भएको हो ।

कोरोना संक्रमण फैलिँदै गएपछि यसको आयात पनि बढेको विभागले जनाएको छ । नेपालमा छिमेकी मुलुक चीन, भारत जापान, अष्ट्रेलिया, कतार, स्वीडेन, बेलायत, अमेरिका, कोरिया लगायतका देशहरुका आयात हुने गरेको छ ।

चालु आवको पछिल्लो १० महिनाको अवधिमा सबैभन्दा धेरै मेडिकल सर्जिकल फेश सिल्ड चीनबाट आयात भएको छ । उक्त देशबाट ७ करोड ६७ लाख ८७ हजार रुपैयाँ बराबरको मेडिकल सर्जिकल तथा अन्य फेश सिल्ड आयात भएको छ । चीनबाट ३३ लाख २८ हजार ५०३ थान मेडिकल सर्जिकल तथा अन्य फेश सिल्ड आयात भएको विभागले जनाएको छ ।

यस्तै, सोही अवधिमा भारतबाट ६० लाख ६० हजार रुपैयाँ बराबरको २ लाख २४ हजार ६३५ थान, जापानबाट १८ लाख ३४ हजार रुपैयाँ बराबरको २ हजार थान, अष्ट्रेलियाबाट ९ लाख २८ हजारको ५५ थान, स्वीडेनबाट १ लाख ५७ हजारको ५६४ थान, कतारबाट ४७ हजार रुपैयाँ बराबरको ४ हजार थान फेश सिल्ड आयात भएको छ ।

त्यसैगरि क्यानडा, केन्या, बेलायत अमेरिका, कोरिया फिलिफिन्स लगायतका देशबाट ५० हजार रुपैयाँ बराबरको १६५ मेडिकल सर्किकल तथा अन्य फेश सिल्ड आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ जेठ १७ सोमवार १३:४४ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...