काठमाडौं । बिहीवार महिला लुघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर प्रतिकित्ता ४३२ रुपैयाँले बढेको हो । आज उच्च दरमा सेयर मूल्य बढेपछि कम्पनीको प्रतित्तिा ४ हजार ७५२ रुपैयाँ पुगेको छ ।
उक्त दिन कम्पनीको ६ करोड ४९ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीवार कम्पनीको १३ हजार ९५३ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ जेठ २० बिहीवार १५:५५ मा प्रकाशित