back
NMB ad

बजारलाई अनुशासित बनाउन राफसाफ कोष कार्यान्वयन गर्न सेबोनको नेप्सेलाई निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राफसाफ कोष सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ ।

नेप्सेले व्यवस्था गर्ने राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरुको योगदान हुने गरी आर्थिक वर्ष २०७७-०७८ भित्र ५० करोड, आर्थिक वर्ष २०७८-०७९ भित्र थप ३० करोड र आव २०७९-८० भित्र थप २० करोड गरी कोषको आकार १ अर्ब रुपैयाँ बनाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

नेप्से, राफसाफ गर्ने संस्था र ब्रोकरको तर्फबाट रकम जम्मा गर्नुपर्नेछ । राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत रकम, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत र राफसाफ सदस्य (धितोपत्र दलालले) २० प्रतिशत योगदान गर्नुपर्ने छ ।

कोषमा हालसम्म नगण्य रकम मात्र जम्मा भएको छ । जसका कारण सेयर लगानीकर्ताले सेयर बिक्रीबापतको रकम भुक्तानी हुन सकेको छैन ।

नेप्सेलाई दिएको निर्देशन राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन अनुरुप हुनेगरी धितोपत्र बजारले कोषको संचालन समितिको रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रुपमा काम गर्नुपर्ने छ ।

धितोपत्रको दोस्रो बजार दैनिक बढ्दै गएको र धितोपत्र कारोबारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक रहेको बोर्डको बनाइ छ ।

वि.सं.२०७८ जेठ २० बिहीवार १९:३५ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....