काठमाडौं । साताको दोस्रो कारोबार दिन एक दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । सोमबार विभिन्न चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । अन्य ८ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
उक्त दिन नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
यस्तै, आज ङादी ग्रुप कम्पनी, ओरेन्टिल होटेल्स, सीईडीबी हाइड्रोपावर, तारा गाउँ होटेल, युनियन हाइड्रोपावर, एचआईडीसीएल, सोल्टी होटेल, एचडीएल कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
हेर्नुहोस्, प्रतिकित्ता कुनको कति पुग्यो ?
वि.सं.२०७८ जेठ ३१ सोमवार १४:५९ मा प्रकाशित