काठमाडौं । सेयर बजारले दैनिकजसो नयाँ इतिहास रच्दा लगानीकर्ताको ३ हजारको मनोविज्ञान पार गरेको छ ।
सेयर बजारमा आएको उछालसँगै बजारले नयाँ गति कामय गरिरहेको छ । लगानीकर्ता पनि बजारप्रति उत्साहित भएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भइरहेको छ । सोमबार इन्ट्रा डे कारोबारमा ३०५० बिन्दुमा पुगेर बजार फर्केर ३०१० बिन्दुसम्म पुगेर पुन ३०२५.८३ बिन्दुमा रोकिएको छ ।
यो दिन बजार मापन गर्ने सूचक ४२.७२ अंकले बढेको छ । २२१ कम्पनीको १ लाख ५४ हजार ४११ कित्ता सेयर १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१८ रुपैयाँको सेयर किनबेच भएको छ ।
वि.सं.२०७८ जेठ ३१ सोमवार १५:१० मा प्रकाशित