back
NMB ad

नेप्सेका सिइओ साउदको प्रश्नः ५१ कम्पनीका लगानीकर्ता डुबे भने त्यसको जिम्मेवारी कसले लिने ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै विभिन्न ५१ वटा कम्पनीको नाम नै सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) असन्तुष्ट बनेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले  बोर्डको उक्त काम सन्तोषजनक नभएको बताउनुभयो । कुनै पनि कम्पनीको सेयर मूल्य घटबढ गर्ने काम व्यवस्थापनले गरेको हो भने वा लगानीकर्ताले गरेको हो भने सम्बन्धित कम्पनी तथा सम्बन्धीत लगानीकर्तालाई नै कारबाही गर्नुपर्नेमा यसरी कम्पनीको नाम नै सार्वजनिक गर्न नहुने उहाँको तर्क छ । ईपीएसको आधारमा, कम्पनीको मूल्य बढेको आधारमा कुनै पनि निकायले ती कम्पनीहरु खराब छन् भनेर सार्वजनिक नगरेको भए हुने उहाँको धारणा छ ।

बोर्डमा धेरै नै विज्ञ मानिस रहेको  भएपनि यो काम नेपालको पुँजी बजारमा नौलो घटना भएको उहाँको दाबी छ । ‘कुनै पनि निकायले लगानीकर्तालाई तपाईले लगानीगर्दा यस्ता कुरामा ध्यान दिनु भनेर भन्न मिल्ने भएपनि कुनै पनि कम्पनिको नाम नै सार्वजनिक गरेर अनुसन्धान गर्छौ भन्न मिल्दैन’ उहाँले प्रश्न गर्नुभयो ‘कम्पनीको नाम नै सार्वजनिक गरेर अब के अनुसन्धान हुन्छ र ?’ अनुसन्धान भनेको नाम सार्वजनक नगरी गर्नुपर्ने उहाँको बुझाई छ ।

कुनै पनि कम्पनीको सेयर मूल्य बढदैमा त्यो कम्पनीमा लगानी गर्नु जोखिम रहेको भन्न नमिल्ने उहाँको तर्क छ । यो गतिविधि व्यवहारिक नभएको उहाँको दाबी छ । लगानीगर्ने लगानीकर्ताले म कहाँ लगानी गर्छु, मेरो लगानी कहाँ सुरक्षित हुन्छ भनेर सोच्ने उनीहरुकै क्षेत्राधिकारको विषय भएको उहाँको दाबी छ ।

कुनै पनि कम्पनीको ईपिएस कति छ, कम्पनीको सेयर मूल्य अहिलेसम्म कसरी बढ्यो, कसरी घट्यो भन्ने नेप्सेको वेवसाइटमा पनि रहेको र त्यो सबै लगानीकर्ताले हेर्न सक्ने भएकोले बोर्डले अहिले उक्त विज्ञप्ति सार्वजनिक गर्न आवश्यक नभएको उहाँको तर्क छ ।

आजको बोर्डको विज्ञप्तिको कारण भोली ती कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने आज सेयर किनेका लगानीकर्ता डुबे भने त्यसको जिम्मेवारी कसले लिने त्यसमा ध्यान दिनुपर्ने उहाँको दाबी छ । माग र आपूर्तीको आधारमा मूल्य तलमाथी हुँदा कसैलाई पनि भन्ने आधार नहुने तर यस्ता गतिविधिले मूल्य तलमाथी भएर लगानीकर्तालाई नकारात्मक असर भयो भने समस्या सृजना हुने उहाँको दाबी छ ।

अहिलेका लगानीकर्ता धेरै सचेत र बुझेर नै लगानी गर्ने धेरै भएको भन्दै उहाँले यसले बजारमा कुनै पनि असर नपर्ने दाबी गर्नुभयो । बोर्डको यो गतिविधिले स्याल कराउनु, बाख्रो हराउनु एकै पटक भएजस्तो हुने हो की त्यसमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

नाम नै सार्वजनिक गर्ने र त्यो कम्पनी नराम्रो भन्ने आधार नभएको उहाँको तर्क छ ।  बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा अस्वभाविक चलखेल भएको भन्दै नाम नै सार्वजनिक गरेको हो । जसमा जीवन तथा निर्जीबन बीमा, माइक्रोफाइनान्स, हाइड्रोपावर र फाइनान्स कम्पनी तथा विकास बैंंक र अन्य कम्पनी रहेका छन् ।

बोर्डका अनुसार विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको जनाएको छ ।

उक्त सूचिकृत संगठित संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डको भनाइ छ ।

वि.सं.२०७८ असार १ मंगलवार १९:५० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...