काठमाडौं । असार महिनाको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्य घटेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आजका लागि ९३ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवाार तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १३ सय ६० पुगेको छ । अघिल्लो दिन १३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ असार २ बुधवार १०:५१ मा प्रकाशित