काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्साइडर टे«डिङ र कर्नरिङको भएको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको भोलिपल्ट (आज) सेयर बजारमा असर देखिएको छ ।
बुधबार प्रि–ओपनिङमा सेयर बजार मापन गर्ने सूचक ३२.५६ अंकले घटेको छ । ११६ कम्पनीको कारोबार हुँदा ७५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १८ वटा कम्पनीको मात्रै सेयर मूल्य सामान्य बढेको छ । बाँकी कम्पनीको मूल्य स्थिरप्राय रहेको छ ।
वि.सं.२०७८ असार २ बुधवार १०:५३ मा प्रकाशित