back
NMB ad

ग्लोबल आइएमई बैंकले पेन्सन होल्डरलाई सहजै कर्जा दिने

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

यस खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउने छ । यो खाताले निवृत्तीभरण पाइरहनु भएका व्यक्तिहरुलाई पनि आफ्नो पेन्सन रकममध्य भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले सबैमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस खातामा ग्राहकहरूले १ वर्षदेखि ५ वर्षसम्मको भाखा राखी आफ्नो इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नुहुनेछ भने पाकेको ब्याज लगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्दै जान मिल्नेछ । यसरी थप गर्दै जाने रकममा समेत शुरूमा तोकेकै मुद्दती निक्षेपको व्याज प्राप्त हुनेछ ।

ग्राहकहरुलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिङ मार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम २ लाख रुपैयाँ सम्म) सुलभ व्याजदरमा कर्जा लिन सकिनेछ ।

साथै, निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भएतापनि तत्काल बाँकी रहेको साँवा र व्याज रकम भुक्तानी दिइनेछ ।

यसका साथै बैंकले यस योजनामा आवद्ध हुने ग्राहकहरूलाई निःशुल्क मोबाइल बैंकिङ्ग, क्रेडिट कार्ड, डेबिट कार्ड र १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुबिधाहरु उपलब्ध गराउने छ ।

वि.सं.२०७८ असार ३ बिहीवार १८:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...