काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अुसार वितरण योग्य मुनाफा र सेयर प्रिमियमबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
चुक्त पुँजी १० अर्ब को १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश ( लाभांश कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले उक्त लाभांश नेपाल सरकार र नियामक निकाय बीमा समितिबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपछि वितरण गर्ने छ ।
वि.सं.२०७८ असार ८ मंगलवार ११:०२ मा प्रकाशित