back
NMB ad

सेयर मूल्यमा अस्वभाविक उतार चढाव रोक्दै सेबोनः प्रि-ओपनमा २ % मात्रै घटबढ गर्न पाइने

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि–ओपन सेसनमा मूल्य सीमा परिवर्तन गरेर २ प्रतिशत कायम गरेको छ ।

बोर्डका अनुसार हाल कायम रहेको ५ प्रतिशतलाई घटाएर २ प्रतिशत कायम गरिएको छ । बोर्डको यो व्यवस्था अनुसार प्रिओपन सेसनमा २ प्रतिशत तलमाथि गरेर मात्रै सेयर खरिद-बिक्री गर्न पाइने छ ।

बोर्डले दोस्रो बजार कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा १ रुपैयाँबाट घटाएर १० पैसा कायम गरेको छ । प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्र मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएको भन्दै उक्त सत्रमा हुन गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सीमालाई घटाएको बोर्डले जनाएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि कारोबार सत्र थप व्यवस्थित हुने र न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धा गर्न सक्ने र दोस्रो बजार कारोबार थप लगानीकर्ता मैत्री हुने बोर्डले विश्वास लिएको जनाएको छ ।

वि.सं.२०७८ असार १० बिहीवार १४:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...