काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम गरेको हो ।
छापावाला सुन अघिल्ले दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । महासंघले तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो तोलाको १३ सय ५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।
वि.सं.२०७८ असार १४ सोमवार १०:३५ मा प्रकाशित