काठमाडौं । नागरिक लगानी कोषको वार्षिक साधारणसभा भोलि अर्थात असार १८ गते हुँदैछ । उक्त सभा कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा दिउसो २ बजेदेखि सुरु हुनेछ ।
कोषले गत आर्थिक वर्षको नाफाबाट सेयरधानीलाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ९ प्रतिशत बोनस र करसहित ८.८९ प्रतिशत नगद लाभांश रहेको छ ।
उक्त साधारणसभाका लागि कोषले असार ८ गते बुक क्लोज गरेको छ । ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिनुका साथै लाभांश पाउने छन् ।
वि.सं.२०७८ असार १७ बिहीवार ११:३२ मा प्रकाशित