back
NMB ad

साउन १ गतेदेखी सेयर बजारमा दुई थरी लाभकर, के गर्दैछ सिडिएससी ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा दीर्घकालीन लगानीकर्ता कम हुने र अल्पकालीन लगानीकर्ता हावी हुने देखिएपछि सरकारले सोही अनुसार पुँजीगत लाभकर लगाएको छ । जुन साउन १ गतेबाट कार्यान्वयनमा आउने छ ।

बजारमा अल्पकालीन लगानीकर्ता हावी भएपछि बढी कर लिने सकिने रणनीतिका साथ सरकारले साउन १ गतेबाट लागु हुनेगरी दुई भागमा वर्गिकरण गरेर पुँजीगत लाभकर लिने भएको हो ।

सरकारले आगामी आर्थिक वर्षबाट अल्पकालिन र दिर्धकालिन निर्धारण गरेर कर लगाउने भनेपछि सिडिएससी त्यसको लागि सिस्टम बनाउन लागेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आवको बजेटमा सेयर लगानीकर्तालाई अल्पकालिन र दीर्घकालिन छुट्याउने र सोही अनुसार लाभकर लगाउने घोषणा गरेको छ । सरकारले आयकर ऐन संशोधन गर्दै एकवर्ष कम अवधीमा सेयर बेच्ने लगानीकर्तालाई ७.५ प्रतिशत पूँजीगत कर लगाउने र एकवर्षभन्दा बढी समय पछि मात्रै सेयर बेच्नेलाई ५ प्रतिशत पूँजीगत लाभकर लगाउने नीति लिएको छ । त्यसको लागि अहिले सिडिएससीले सिस्टम बनाउने काम गरिरहेको बताइएको छ ।

अहिलेसम्म प्राकृतिक व्यक्तिले ५ प्रतिशत पुँजीगत लाभकर तिरी रहेका छन् । अब साउन १ गतेदेखि ३६५ दिन भन्दा अघि सेयर बिक्री गरेमा ७.५ प्रतिशत र ३६५ दिन भन्दापछि सेयर बिक्री गरेमा ५ प्रतिशत कर लाग्ने छ ।

लगानीकर्ताले आफूले किनेको सेयरको अवधि छुट्याउनको लागि सिडिएससीले मेरो सेयरमा आवश्यक फिचर थप्ने काम गरिरहेको प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयो । साउन १ गतेदेखिको कारोबारबाट यो व्यवस्था लागु हुँदैछ । त्यसको लागि मेरो सेयरमा फिचर थप्ने काम भइरहेको उहाँको भनाई छ ।

वि.सं.२०७८ असार २१ सोमवार ११:५४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...