काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा २० लाख १ हजार ९१९ जनाले आवेदन दिएका छन् । २ अर्ब ६१ करोड ५५ लाख १ हजार रुपैयाँको २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि आइपीओ निष्काशन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गरेको हो । ३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
वि.सं.२०७८ असार २१ सोमवार १७:३३ मा प्रकाशित