काठमाडौं । बुधबारको प्रि-ओपनिङ सेसनमा सेयर बजार ११.०३ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार प्रि–ओपनिङमा ३५ वटा कम्पनीको सेयर कारोबार हुँद २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यो कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।
प्रि–ओपनिङमा ज्योति लाईफ इन्स्योरेन्स, नागरिक लगानी कोष, सोल्टि होटल लगायतको सेयर मूल्य बढेको छ ।
वि.सं.२०७८ असार ३० बुधवार १०:४१ मा प्रकाशित