back
NMB ad

सेयर बजारमा सामान्य सुधार, के खोज्दैछ पुँजी बजारले ?

Kumari bank ad

काठमाडौं । नयाँ सरकार बनेको दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएपनि अर्थ मन्त्रीमा जनार्दश शर्माले पदभार ग्रहण गरेको भने बजारमा त्यती धेरै रौनक भने देखिएको छैन् ।

यो दिन बजारमा सामान्य सुधार देखिएको छ । कारोबार रकम भने सन्तोषजनक नै रहेको छ । राजनीतिक उतार चढावको असर पुँजी बजारमा पनि पर्ने गरेको छ । अहिले नयाँ सरकार बनेको छ । यो सरकारले पनि पुँजी बजारको विषयमा कस्तो नीति अबलम्बन गर्छ भन्नेमा पनि भर पर्ने जानकारहरुको भनाई छ । बजार मापन गर्ने सूचक १.०१ अंकले बढेर २८७२.०५ बिन्दुमा रोकिएको छ ।

२१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको उपसूचक ६.२२, विकास बैंक ११.०८, निर्जीबन बीमा ८२.०५, उत्पादन तथा प्रशोधन १५.१८, माइक्रोफाइनान्स १९.६७, जीवन बीमा समूहको उपसूचक ३२.६२ अंकले घटेको छ ।

कारोबारमा जलविद्युत समूहको उपसूचक ७४.९२, वित्त कम्पनीको ३५.८९, होटल तथा टुरिजम समूहको उपसूचक ७.७९ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड ४७ लाख ६९ हजार २५० रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा छिमेक लघुवित्त र हिमालयन डिस्ट्रिलरी रहेको छ ।

वि.सं.२०७८ असार ३० बुधवार १५:१९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...