back
NMB ad

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख ३ हजार रुपैयाँसम्म पुग्यो

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । एक वर्षको अवधिमा छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो ।

गत वर्षको असारमसान्तदेखि यस वर्षको असारमसान्तसम्म आईपुग्दा नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत वर्षको असारमसान्तमा प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य यस वर्षको असारमसान्तसम्म आईपुग्दा ९३ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार यो वर्ष सुनको मूल्यले ऐतिहासिक रेकर्ड पनि कायम गरेको छ । गत वर्षको साउन २३ गते छापावाला सुनको भाउ तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ पुगि नयाँ रेकर्ड बनाएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

गत वर्षको भदौ महिनामा पनि १ लाख रुपैयाँकै वरिपरिमा कारोबार भएको थियो । त्यसता असोज, कात्तिक महिनामा ९७ हजार रुपैयाँ वरिपरि नै कारोबार भएको थियो । लगनमा सिजन मानिने मंसिर महिनामा ९५ हजार र पुसमा ९६ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यसपछि सुनको मूल्य विस्तारै घट्न थाल्यो । माघमा ९२ हजार, फागुनमा ९० हजार र चैत महिनामा ८९ हजार रुपैयाँसम्म पुगेको थियो ।

महासंघका अनुसार नयाँ वर्षसगै फेरि सुनको मूल्य बढ्न थालेको थियो । बैशाखमा ९२ हजार वरिपरिसमम पुगेको सुनको भाउ जेठ महिनाका अवधिसम्म भने करिव ९५ हजार रुपैयाँसम्म पुगेको महासंघले जनाएको छ । असारमसान्तसम्म आईपुग्दा सुनको भाउ ९३ हजार २ सय रुपैयाँ कायम हुन आएको महासंघले जनाएको छ ।

यस्तै, एक वर्षको अवधिमा चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । गत वर्षको असारमसान्त र यस वर्षको असारमसान्तसम्म आईपुुग्दा चाँदी ३१५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

गत वर्षको असारमसान्तमा चाँदी १ हजार ५ रुपैयाँ खरिदबिक्री भएको चाँदीको मूल्य यस वर्षको असारमन्तसम्म आईपुग्दा १३ सय २० रुपैयाँ कायम भएको हो ।

वि.सं.२०७८ साउन १ शुक्रवार १३:३७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...