back
NMB ad

बैंकले गरे ४२ खर्ब निक्षेप संकलन, ३७ खर्ब बढी कर्जा लगानीगर्दा कुनको कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकर्स संघका अनुसार असार अन्तिम साता नै बैंकहरुले कर्जा लगानीको तुलनामा निक्षेप संकलन निकै बढाएका छन् । एक साताको अवधिमा बैंकको निक्षेप संकलन ८२ अर्बले बढ्दा कर्जा लगानी ४२ अर्ब रुपैयाँले बढेको छ ।

कोरोना महामारीको समयमा बैंकका कर्जाको माग कम देखिएको छ । साथै असार अन्तिम साता क्लोजिङको समय भएका कारण पनि कर्जाको माग कम भएको र निक्षेप बढेको तथ्याङकले देखाएको छ ।

यो अवधिमा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले ३ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
एनआईसी एसियापछि ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले २ खर्ब ८३ अर्ब ३४ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ६४ अर्ब १० करोड नबिल बैंक २ खर्ब २८ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । सबैभन्दा कम निक्षेप संकलन गर्नेमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकले ८९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

संघका अनुसार गत आवको अन्तिमसम्ममा बैंकिङ क्षेत्राबट ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी भएको छ । जसमा सबैभन्दा बढी कर्जा लगानीगर्नेमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले उक्त अवधिमा २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेको छ । दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ । २ खर्ब भन्दा बढी कर्जा लगानी गर्ने अन्य बैंकमा नबिल बैंकले २ खर्ब ५ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७-०७८ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको कर्जा स्रोत परिचालन अनुपात (सिसिडी रेसियो) ८५ प्रतिशत कायम गरिएको थियो । कोभिड-१९ संक्रमणका कारण प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न बैंक तथा वित्तीय संस्थाहरुको साधन प्रवाह अभिवृद्धि गर्न सिसिडी रेसियोको सीमा २०७८ असार मसान्तसम्मको लागि ८० प्रतिशतबाट बढाई ८५ प्रतिशत कायम गरिएको थियो । संघका अनुसार यो अवधिमा सिसीडी रेसियो ७७.३ प्रतिशत रहेको छ ।

संघका अनुसार सबैभन्दा बढी मेगा बैंकको रहेको छ । बैंकको ८२.०२ प्रतिशत रहेको छ । मेगापछि एनआईसी एसिया बैंकको ८१.१२ प्रतिशत, कुमारी बैंकको ८१.०१ प्रतिशत रहेको छ । यस्तै सबैभन्दा कम सिसिडी रेसियो रहेका बैंकमा नेपाल बंगलादेश बैंकको ६७.३७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६९.७४ प्रतिशत, एभरेष्ट बैंकको ७२.६२ प्रतिशत रहेको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १७:१९ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...