काठमाडौं । सोमबार नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा)को साढे १० करोड बढीको सेयर कारोबार भएको छ ।
साताको दोस्रो कारोबार दिन निफ्राको १० करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । उक्त दिन निफ्राको २ लाख १२ हाजर ५९ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले जनाएको छ ।
सोमबार भने कम्पनीको सेयर मूल्य ०.४० प्रतिशतले घटेको छ । प्रतिकित्ता २ रुपैयाँले घटेको निफ्राको सेयर मूल्य ४९७ रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ साउन ४ सोमवार १६:५३ मा प्रकाशित