back
NMB ad

रियलमीको वाच ‘एस’ नेपाली बजारमा, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । विश्वमा तीव्र गतिमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमीवाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ ।

यो रियलमीको गोलो स्क्रिनमा उपलब्धहुने दोस्रो स्मार्ट घडी हो । ३.३ सेमिको ठूलो रङ्गिन टचस्क्रिन प्रस्तुत गरी पाँच तहको अटो ब्राइटनेसलाई समर्थन गर्नेगरी यसको डिजाइन गरिएको छ ।

यसैगरी रियलमी वाच‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । साताका सातै दिन र चौबीसै घण्टा स्वास्थ्य सहायक ट्रेन्डसेटिङ्ग स्मार्ट घडीको रुपमा यसले आफ्नो उपस्थिति जनाएको छ । नेपाली बजारमा यसको मूल्य ९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

स्वचालित ब्राइटनेस स्क्रिन र प्रिमियम बनावट

रियलमी वाच‘एस’ घडी ३.३ सेमिको फराकिलो टचस्क्रिनसहित रगिंन ३६० ह ३६० पिक्सल (२७८ पीपीआई) उच्च रिजोलुसनका साथ उपलब्ध छ ।

यसको प्रतिक्रियाशिल टचस्क्रिनका कारण झट्ट हेर्दा अरुलाई आकर्षण गरेर राख्न सक्ने खुबी छ । यसको आयतन वर्ग डायल प्रदर्शन क्षेत्र १५७ प्रतिशतसम्म उच्च छ । जसले उपभोक्तालाई दृश्यको मामलामा थप मनमोहक तुल्याएको छ ।

रियलमीवाच‘एस’ घडीले ५ तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्दछ । उच्च स्तरमा ब्राइटनेस ६ सय निटसम्मको पहुँचमा हुन्छ, यसको मतलव के हो भने एकदमै उज्यालो हुनेमध्यान्हको समयमापनि स्पष्ट रुपमा घडी हेर्न सकिन्छ ।

१००+ स्तैलिशवाच फेस अंतरगत रियलमीले प्रयोगकर्ता तथा प्रसिद्ध डिजाईनरसंगको सहकार्यमा रियलमीवाच एस को ट्रेंडि डायलहरु डिजाईन गरिएको छ ।

रियलमीको यस घडीमाअन्यउच्चस्तरका प्रिमियम सामग्रीहरुको प्रयोग गरिएको छ ।रियलमीवाचएसको बडी ६०६३ अलुमिनियमअलोयबाट बनेको छ जसले गर्दा घडी बढी मजबूत र कमतौलको रहेकोछ। यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेको छ जुन टिकाउ, नरम र स्कीन– फ्रेन्ड्ली रहन्छ। कालो, निलो, हरियो र सुन्तला रंग मायसको स्ट्रापहरुउपलब्ध छन ।२.५ डी कर्निङगोरिल्लाग्लास रहेको यो निर्बाध र अधिक सहज टच प्रदान गर्छ ।

२४/७ स्वास्थ्य सहायक

स्वास्थ्य सहायकको रुपमा रियलमीवाच‘एस’ स्मार्टघडी उच्चसटिक पिपिजी अप्टिकल हृदयदर सेन्सरद्वारा निर्मित छ जसले २४÷७तपाईँको हृदयको गतिमापनगरिरहेको हुन्छ ।

यसैगरी रियलमीवाच‘एस’ स्मार्टघडीले मुटुको वास्तविकगतिमापनका साथै शरीरमाअक्सिजनको स्तर मापनगर्न सक्दछ । तपाईँको हृदयको गतिदर उच्चवान्यूनभयो भने यसले सतर्क गराउँछ ।

यसले १६ स्पोर्टस मोड समर्थन गर्नेमा रक्त–अक्सिजनमूल्यांकन, सक्रियताक्षमता परीक्षण, शुद्ध दैनिक हिँडाइको पाइला संख्या गणना, आराम, पानी, निद्रा, मेडिटेसन अभ्यास लगायतको सूचना ठीक ढंगमाजानकारी लगायतदिने काम गर्छ ।

एआईओटी स्मार्ट हबतथातपाईँको स्मार्टफोनको उत्तम सारथी

रियलमीवाच ‘एस’ घडीबाटै स्वचालित रुपमातपाईँको फोन अनलकगर्न सकिन्छ, जुन छिटो र सुविधा सम्पन्न छ । मानिसहरुले आजकल मास्क लगाउनुपर्ने कारणले हालको समयको लागि यो सुविधा सम्पन्न छ ।

संगीत सुन्न प¥यो अथवाफोनको क्यामेरा अन गर्न प¥यो भने रिमोर्ट कन्ट्रोलको रुपमा यसबाटै गर्न सकिन्छ भने यसैगरी घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधायसले दिएको छ ।

महत्वपूर्ण कुरा के छ भने रियलमी एआईओटी रणनीतिक अंशको रुपमा कम्पनीले यसको निर्माण गरकोेले र यो कम्पनीको एआईओटीमा महत्वपूर्ण उत्पादन मध्ये एक हो । नयाँ ओटीए अपडेटका कारण यो घडीलाईअन्य बहु एआईओटी उपकरणसँग टाढैबाट लिंकगर्न सकिने भएकाले स्मार्टफोन नखोलेरै टाढैबाट अपरेट गर्न सकिन्छ ।

‘विश्वमा तीव्र रुपमा विस्तार हुदैु गएको एआईओटी ब्राण्ड’ लक्ष्य अनुसार २०२१ मा रियलमीले एआईओटी उत्पादन गरिरहेको छ, र त्यहीँ कारण हो कम्पनीले युएनआई स्मार्ट एआइओटी उत्पादनलाई रियलमीसँग लिंक गर्ने र ‘निजी प्रयोजन, घरायसी प्रयोजन र यात्राको प्रयोजनका रुपमा तपाईँले प्रयोग गरेका मध्ये ३ मा १ ट्रेन्डसेटरको उच्च ४ स्मार्ट हबको अनुभूति प्रदान गर्ने गरी कम्पनीले काम गरिरहेको छ ।

वि.सं.२०७८ साउन ७ बिहीवार १७:३५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...