back
NMB ad

कति पाउला जीवन विकास लघुवित्तको आईपीओले ओपनिङ रेन्ज ? यस्तो आयो संकेत !

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकरणको प्रक्रियामा छ ।

कम्पनीको आईपीओले दोस्रो बजारमा पहिलो सेयर कारोबारका लागि ३०५ रुपैयाँ २७ पैसादेखि ९१५ रुपैयाँ ८१ पैसा सम्म ओपनिङ रेन्ज पाउने देखिएको छ ।

नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरणअनुसार कम्पनीको आव २०७६÷७७ को बास्तविक प्रतिसेयर नेटवर्थ ३०५ रुपैयाँ २७ पैसा रहेको छ । सोही अनुसार कम्पनीले पहिलो कारोबारका लागि नेप्सेबाट उक्त मूल्य बराबरको ओपनिङ रेन्ज पाउने देखिएको हो ।

नेप्सले कुनै पनि कम्पनीको पहिलो शेयर कारोबारका लागि सम्बन्धीत कम्पनीको प्रतिशेयर नेटवर्थको विन्दुदेखि त्यसको ३ गुणा विन्दुसम्मको ओपनिङ रेन्ज तोक्ने व्यवस्था रहेको छ । सोही अनुसार कम्पनीले पहिलो सेयर कारोबारको लागि ओपनिङ रेन्ज पाउने छ ।

कम्पनीले असार ११ गते देखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीको लागि ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

उक्त आईपीओ १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले पाएका छन् । कम्पनीको सेयरमा २० लाख १८ हजार ३०१ ओटा योग्य आवेदन परेको थियो । त्यसमा १ लाख ८४ हजार ८०१ आवेदकमध्ये पाँच जनाले आवेदकले ११ कित्ताका दरले शेयर पाएका थिए ।

वि.सं.२०७८ साउन १२ मंगलवार १३:५८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...