back
NMB ad

सुन आयातमा रकेर्ड ब्रेकः एकै महिनामा ६ अर्ब २७ करोडको आयात

Kumari bank ad

काठमाडौं । गत आर्थिक बर्ष २०७७-७८ को असार महिनामा मात्र नेपालमा ६ अर्ब २७ करोड ६६ लाख रुपैयाँ बराबरको काँचो सुन आयात भएको छ ।

नेपालमा मासिक ३ अर्ब रुपैयाँसम्मको सुन आयात हुने गरेको थियो । असारमा महिनामा मात्रै २ गुणा भन्दा बढी अर्थात् ६ अर्ब २७ करोड रुपैयाँ बराबरको सुन आयात भएको तथ्याङक विभागले जनाएको छ ।

विभागका अनुसार असारमा ९०६ केजी ५ सय ग्राम काँचो सुन आयात भएको छ । कोरोनाको दोस्रो लहर र त्यसलाई नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण गत बैशाखको दोस्रो सातादेखि जेठ मसान्तसम्म सुन आयात ठप्प थियो । असारमा निषेधाज्ञा खुकुलो बनाएसँगै सुन आयात पनि उच्च देखिएको छ ।

गत आर्थिक २०७७-७८ मा कुल २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँको ३ हजार ९२४ केजी सुन आयात भएको छ । जुन अघिल्लो आव २०७६-७७ को भन्दा दोब्बर हो । अघिल्लो आवमा १३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । परिमाणका आधारमा अघिल्लो आवमा २ हजार ४ सय केजी सुन आयात भएको थियो ।

कोरोना महामारी र मूल्य बढ्दा अघिल्लो आवमा सुनको आयात ह्वात्तै घटेको थियो । तर, गत आवमा भने कोरोना महामारीकाबीच पनि सुनको आयात दोब्बर मात्रामा बढेको विभागको तथ्यांकले देखाएको छ ।

कोरोना महामारीका कारण जारी अघिल्लो वर्षको लकडाउनमा सम्पूर्ण पसल व्यवसाय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण सुन आयात कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मनिरत्न शाक्यले बताउनुभयो ।

‘मान्छेले ज्यान कसरी जोगाउने भन्ने चिन्ता थियो, सुन किनेर कसरी लगाउने’ उहाँले भन्नुभयो ‘मान्छेलाई बिहान बेलुका हात मुख जोडन समेत समस्या भएको बेला सुन लगाउने त कुरै भएन ।’

उहाँका अनुसार गत वर्ष कोरोना केही समय अलि सहज भएकोले माग बढी भएको हो । असार साउन महिना सुन कारोबारको लागि अफसिजन भएकाले व्यापार कम भएको शाक्यले बताउनुभयो । तीज लगायतका चार्डपर्व सुरुभएपछि व्यापार तथा खपत बढ्ने उहाँको अपेक्षा छ ।

गत आर्थिक वर्षमा २५२ केजी सुन बैंकमा रहेको बैंकर्स संघका कार्यकारी प्रमुख अनिल शर्माले बताउनुभयो । व्यापारी र उपभोक्ताको मागअनुसार नै आयात हुने गरेको उहाँको भनाई छ ।

शर्माका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिस तथा माग बमोजिम नै सुन आयात भएको उहाँले बताउनुभयो । बैंकहरुले दैनिक २० केजी सुन आयात गर्दै आएका छन् । गत आर्थिक वर्षमा काँचो सुन आयातबाट सरकारले ३ अर्ब ३३ करोड ५८ लाख ३० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

वि.सं.२०७८ साउन १२ मंगलवार १४:१४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...