काठमाडौं । विभिन्न चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता ७३ रुपैयाँले वृद्धि भई ८०३ रुपैयाँ पुगेको छ । मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४८ रुपैयाँले बढेर ५३४ रुपैयाँ ८० पैसा पुगेको छ ।
यस्तै, चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रतिकित्ता १४८ रुपैयाँ ९० पैसाले वृद्धि भई १ हजार ६३७.९० पुगेको छ । यी कम्पनीसहित कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९३ प्रतिशतले वृद्धि भएको छ ।
वि.सं.२०७८ साउन १३ बुधवार १३:२८ मा प्रकाशित