काठमाडौं । साताको दोस्रो कारोबार दिन चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ । सोमबार चन्द्रागिरीको सेयर मूल्य ३.५९प्रतिशतले घटेको हो ।
उक्त दिन चन्द्रागिरीको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँले घटेको हो । योसंगै चन्द्रागिरीको सेयर मूल्य १ हजार ६१० रुपैयाँ पुगेको छ ।
आज चन्द्रागिरीको २ करोड ४४ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्पे)का अनुसार आज चन्द्रागिरीको १५ हजार ०७९ कित्ता सेयर खरिदबिक्री भएको जनाएको छ ।
वि.सं.२०७८ साउन १८ सोमवार १५:३३ मा प्रकाशित