काठमाडौं । मंगलबार पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छैन । कम्पनीको सेयर आज पनि म्याचिङ नभएपछि सो सेसनमा कारोबार नभएको हो ।
कम्पनीको आईपीओ आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । कम्पनीको सेयर सोमबारदेखि कारोबारमा आउने भनिएको थियो ।
कम्पनीको सेयर प्रि–ओपन सेसनमा कारोबार नभएपछि नियमित सेसनमा पनि हुने छैन । अब बुधवार प्रि–ओपन सेसनमा भएपछि मात्र नियमित सेसनमा हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि ११० रुपैयाँ ५२ पैसा देखि ३३२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ्ग रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही आधारमा कम्पनीको आईपीओले उक्त रेञ्ज पाउने भएको हो ।
कम्पनीले असार १७ देखि २१ गतेसम्म कुल ३ लाख ८९ कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो ।
कम्पनीको सेयर ३६ हजार ३४७ जनालाई १० कित्ता र २ जनालाई ११ कित्ता गरी ३६ हजार ३४९ जनाले हात पारेका थिए ।
वि.सं.२०७८ साउन १९ मंगलवार १२:१७ मा प्रकाशित