back
NMB ad

‘अर्थतन्त्रलाई पुनस्र्थापित गर्न खोपलाई प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरुबीच संस्थागत सहकार्य’

Kumari bank ad

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा परिसंघका पदाधिकारीहरुको बधाई दिनुभएको छ ।

कार्यक्रममा अध्यक्ष मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताउनुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको भन्दै कोभिडको पहिलो तथा दोस्रो लहरको संक्रमणले लामो समयसम्म लकडाउन भइ अर्थतन्त्रले थप क्षति बेहोर्नु परिरहेको जानकारी गराउनुभयो ।

खुलाबजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुने उहाँको बुझाई छ । अर्थतन्त्रलाई पुनस्र्थापित गर्नका लागि खोपलाइ प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरुबीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष मल्लले निजी क्षेत्रसंग सम्वन्धित व्यवसायीक सामाजिक उत्तरदायित्व कोष लगायत कतिपय बिषयहरु सम्बोधन हुन नसकेको भन्दै यसका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको आवश्यकता रहेको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णु कुमार अग्रवालले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको सन्देश दिएको बताउनु भयो । बिगतमा निजी क्षेत्रका तीन वटै प्रतिनिधिमूलक संस्थाहरुले कतिपय सवालहरुमा साझा अवधारणाहरु प्रस्तुत गरेका उदाहरणहरु रहेको स्मरण गराउनुभयो ।

अध्यक्ष अग्रवालले बिभिन्न व्यवसायहरुबीच मतमतान्तर हुनु स्वाभाबिक भएता पनि मुलुकको आर्थिक बिकासको सवालमा एउटै मत रहेको बताउनु भयो । निजी क्षेत्रप्रतिको नकारात्मक धारणालाई मेटाउन आवश्यकता रहेकोले यसका लागि एक जुट भएर अगाडि बढ्नु पर्ने बेला आएको बताउनुभयो ।

वि.सं.२०७८ साउन २१ बिहीवार १०:२१ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...