back
NMB ad

सर्वोत्तम सिमेन्ट प्रकरण : अर्थ मन्त्रालयले नेप्सेसँग माग्यो ओटिसी कारोबारको विवरण, भ्रष्टाचारमा लिप्त बनेकालाई के होला कारबाही ?

Kumari bank ad

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सर्वोत्तम सिमेन्ट उद्योगले गरेको ओटिसी कारोबारको विवरण माग गरेको छ ।

अर्थ मन्त्रालयले नेप्सेलाई एक पत्र लेख्दै तीन दिन भित्र ओटिसिको कारोबारको सम्पूर्ण विवरण माग गरेको छ । मन्त्रालयले नेप्सेलाई लेखेको पत्रमा सिमेन्टले नेप्सेमा गरेको ओटिसी कारोबारका लागि कहिले निवेदन पेश गरेको, त्यस सम्बन्धमा नेप्सेबाट कहिले ओटिसी कारोबारका लागि स्वीकृति दिएको हो ? तीन दिन भित्र जानकारी गराउन भनेको छ ।

मन्त्रालयले नेप्सेलाई उक्त सेयर खरिद बिक्रीको विस्तृत विवरण स्पष्ट रुपमा खुलाई पत्र प्राप्त भएको तीन दिन भित्र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्था समन्वय महाशाखामा पठाउन भनेको छ । ्धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पदिय मर्यादा बाहिर गएर छोरीको नाममा र नेप्सेका सिइओ चन्द्र सिंह साउदले श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेका थिए । सर्वसाधारणलाई ७५० मा बिक्री गर्न तयार रहेको सेयर उनीहरुलाई २५० मा नै बिक्री गरिएको थियो ।

बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको कम्पनीको सेयर बजारमा आउनु भन्दा पहिला नै ओटिसी बजारबाट मिलेमतोका आधारमा कारोबार भएपनि मन्त्रालयले निकै चासो दिएको छ । यसअघि मन्त्रालयले बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई नै स्पष्टीकरण सोधिसकेको छ । दुवै जनाले जवाफ समेत पठाइसकेका छन् । पछिल्लो समयमा भ्रष्टाचारमा लिप्स बनेका बोर्डका अध्यक्षले त जागिर नै जाने भएपनि मन्त्रीको निकै चाकडी गरेर जवाफ पठाएका छन् ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १४:५६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...