back
NMB ad

विश्व स्वास्थ्य संगठनले दियो करिब १८ लाख अमेरिकी डलरको अत्यावश्यक स्वास्थ्य सामग्री

Kumari bank ad

काठमाडौं । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यलयले कोभिड-१९ प्रतिकार्यलाई सुदृढ बनाउन १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधी र स्वास्थ्य सामग्री सरकारलाई हस्तारन्तरण गरेको छ ।

संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा २ लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, २ हजार अक्सिजन कन्सनट्रेटरहरु, २४ हजार वटा भेन्चुरी मास्क, करिब ५ लाख अक्सिजन नसल क्यानुला, ६ लाख मास्क र ५ लाख सर्जिकल ग्लब्स सहितका सामग्रीहरु हस्तान्तरण गरेको छ ।

विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले देशमा संक्रमितहरुको संख्या र अस्पतालमा भर्नाहुने बिरामीहरुको संख्या बढेको अवस्थामा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको बताए ।

विश्व स्वास्थ्य संगठनबाट सहयोग स्वरुप प्रदान गरिएका २ हजार अक्सिजन कन्सनट्रेटरहरु आवश्यक स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिन सहयोगी बन्नेछन् । श्वासप्रश्वासमा कठिनाई भएका वा अक्सिजनको मात्रा एकदमै कम भएका बिरामीहरुलाई आवश्यक मात्रामा अक्सिजन पुर्याउन अक्सिजन कन्सेनट्रेरहरु प्रयोग गरिन्छ । अक्सिजन कन्सनट्रेटर र डेक्सामेथाजोन दुबैले हजारौँ मानिसहरुको जीवन बचाउन सकिने अपेक्षा गरिएको छ ।

‘अत्यवस्यक स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुभएकोमा नेपाल सरकारको तर्फबाट म विश्व स्वास्थ्य संगठनलाई धन्यवाद दिन चाहान्छु । महामारीको शुरुवातदेखी नै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोभिड–१९ प्रतिकार्यमा बिभिन्न खालको सहयोग प्रदान गर्दैआइरहेको छ ।

आज प्राप्त भएको यति धेरै अक्सिजन कन्सेनट्रेरहरु र अन्य मेडिकल सामग्रीहरुले हाम्रो कोभिड–१९ प्रतिकार्यलाई सुदृढ बनाउन आवश्यक श्रोतसाधनको परिपूर्ती गर्न महत्तवपूर्ण भूमिका खेल्नेछन् । अब यी सामग्रीहरुको आवश्यकता भएका देशभरिका दुरदराज गाउँठाउँमा पुर्याउन मन्त्रालयले काम थाल्नेछ ।’ माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भन्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्य समग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष लिएको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार ११:०८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...