काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
कारोबार सुरु भएको आधा घण्टा नहुँदै अर्थात यो समाचार तयार गर्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४ रुपैयाँ २० पैसाले वृद्धि भएको हो ।
कारोबारमा आएको पहिलो दिनदेखि नै कम्पनीको सेयर मूल्य लगातार उच्च दरमा वृद्धि भएको छ ।
वि.सं.२०७८ साउन २७ बुधवार ११:०८ मा प्रकाशित