काठमाडौं । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई प्राधिकरणमा नियुक्त गरेको हो ।
११ महिनाअघि कार्यकाल सकिएपछि बिदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्ति पत्र प्रदान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी र खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।
वि.सं.२०७८ साउन २७ बुधवार १४:०६ मा प्रकाशित