काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
बैंकले गत वर्ष ८० करोड ३१ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३८.८३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३३ करोड ६३ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्ष बैंकको खुद संचालन मुनाफा १ अर्ब ८७ करोड ४७ लाख २ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ३५.३० प्रतिशतले बढेको हो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७४ करोड ६५ लाख ६७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्या नाफा ३ अर्ब ४९ करोड ७० लाख २० हजार रुपैयाँ रहेको छ ।
चुक्तापुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ र जगेडा कोषमा १५ अर्ब १४ करोड ८३ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको खराब कर्जा पनि घटेको देखिएको छ । अघिल्लो वर्ष २.४७ प्रतिशतले रहेको खराब कर्जा गत वर्षमा भने घटाएर २.१० प्रतिशतमा झारेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसा रहेको छ ।
वि.सं.२०७८ साउन २९ शुक्रवार ११:०१ मा प्रकाशित